
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाइने भएको छ ।
बुधबार आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले हेटौंडा ११ मा रहेको चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति, मकवानपुरमा सिफारिस गर्न गठित समितिबाट प्राप्त सिफारिसको आधारमा हेटौडा चुरेहिल अस्पतालमा आइसीयु सहित २५ बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको हो ।
त्यस्तै बैठकले हेटौडा अस्पताललाई तत्काल आवश्यक रहेको स्वास्थ्यकर्मी हेटौडा उपमहानगरपालिकाले काजमा खटाई पठाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


सेयर गर्नुहोस्