हेटौंडा १९ नेवारपानिमा ट्रक र बस एक आपसमा ठोकियो, १८ जना घाइते

टुडे संवादाता
२४ बैशाख २०७८, शुक्रबार १२:१३

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित नेवारपानिमा ट्रक र बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रवार पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट चितवन तर्फ जादै गरेको ना ५ ख ४१४६ नम्बरको ट्रक र गौर जाँदै गरेको ना ७ ख ९१४० नम्बरको बस एक आपसमा ठक्कर खाइ दुर्घटनाग्रस्त हुँदा १८ जना घाइते भएको हो ।

घाइतेहरु १५ जना भनिएपनि ३ जना घाइते आफै सहकारी अस्पतालमा उपचारका लागि गएको र पछि प्रहरी सम्पर्कमा आएकोले घाइतेको संख्या बढेको हो ।
घाइतहरुको उद्धार गरि चुरेहिल अस्पतालमा उपचार भईरहेको र एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*