
हेटौंडा/नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल)लाई पुन प्रयोग गर्न मिल्ने पिपिई सहयोग गरेको छ ।
कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीको लागि भनी २५ थान पिपिई सहयोग गरेको अनुगमन समितिका संयोजक उत्सव ईटनीले बताए ।
प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईलाई हस्तान्तरण गर्दै आगामी दिनहरुमा समेत सहयोग गर्ने बताएका छन् । कार्यक्रममा तरुण दल नगर अध्यक्ष सुनिल गिरी अनुगमन, समितिका सदस्यहरु लगायतकाको उपस्थिती रहेको थियो ।


सेयर गर्नुहोस्