हेटौंडा/मकवानपुरमा शुक्रवार थप १ सय १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७४ जनाको संकलीत स्वावबाट १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् ।
चौलागाँईका अनुसार पिसिआर विधिबाट १ सय ५४ जनाको स्वाब परीक्षणमा १ सय १ जना र एन्टीजेन विधिबाट २० जनाको स्वाव परीक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित मध्ये जिल्ला बाहिरको १ जना , बालबालिका ५ जना , जेष्ठ नागरीक २ जना रहेका छन् । त्यस्तै हेटौँडा -४ मा सबैभन्दा धेरै २८ जना मानिस रहेको बताएका छन् । संक्रमित मध्य ५३ महिला र ६१ पुरुष रहेको चौलागाई बताएका छन् ।
सेयर गर्नुहोस्