हेटौंडा अस्पतालमा शुक्रबार साँझ २ जना संक्रमितको मृत्यु ,अस्पतालमा मृत्यु हुनेको संख्या ९ पुग्यो

टुडे संवादाता
२४ बैशाख २०७८, शुक्रबार १८:५२

हेटौंडा/हेटौंडा अस्पतालमा शुक्रबार साँझ दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-४ की ३७ वर्षीया एक महिलाको र हेटौंडा-७ का ४० बर्षीय एक पुरुष रहेको हेटौंडा अस्पताल कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले बताएका छन् ।

डाक्टर काफ्ले का अनुसार उनीहरु कोरोना पुष्टि भई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा उपचाररत थिए ।
योसँगै कोरोना पुष्टि भई हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*