
हेटौंडा/हेटौंडामा उप-महानगरपालिका वडा नम्बर १७ मा नातिको बन्चरो प्रहारबाट बृद्ध हजुरआमाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा-१७ दियालो दमारका ९० बर्षीया कान्छीमाया गुरूङ रहेकी छिन् ।
शुक्रबार घरको आँगनमा बसिरहेको बेला गुरूङलाई आफ्नै नाति २२ बर्षीया आकाशले बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट घाइते गुरूङको उपचारको कममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बन्चरो प्रहार गर्ने नातिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्