
हेटौंडा /हेटौंडा अस्पातलमा आईतवार बिहान थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित खरङ्गाका ६५ वर्षीय पुरुष रहेका छन् ।
संक्रमित पुरुष प्रेसर,थाइराईड,सुगर रोगबाट पीडित रहेका थिए ।उनको उपचारको क्रममा आज विहान हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
उनलाई ३ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो संगै हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि शनिबार हेटौंडा अस्पतालमा हेटौंडाका एक र जिल्ला बाहिरका एक संक्रमितको मृत्यु भएको थियो ।


सेयर गर्नुहोस्