हेटौँडा/नेपाल खेलकुद महासंघ मकवानपुर जिल्ला कमिटिको आयोजनामा आज “को भिड–नो भिड” अभियान सुरु भएको छ । महासंघको राष्ट्रिय अभियान अन्र्तगत आज हेटौँडा उपमहानगरपालिकाको दक्षिणी नाका रातोमाटे चेकपोष्टमा ब्यानर, पमप्लेट बोकेका युवाहरुले माक्स लगाऔँ, साबुन पानीले हात धोऔँ, सामजिक दुरी कायम गरौ लगाएतका चेतनामूलक प्लेकार्ड सहित सचेतना अभियान चलाएका हुन् ।
कोरोना संक्रमणबाट बच्न र संक्रमणलाई न्यूनिकरण गर्नको लागि सचेतना अभियान महत्वपूर्ण रहेको भन्दै महासंघको केन्द्रीय कमिटिले मातहतको सबै कमिटि मार्फत यो अभियान सञ्चालन गरेको महासंघका केन्द्रीय उप–महासचिव धरम लामाले बताए ।
हेटौँडाको सबैभन्दा ब्यस्थ नाकामा अभियान सञ्चालन गर्दा धेरैभन्दा धेरै ब्यक्तिहरुलाई सचेत गर्न सकिने हुँदा आफुहरुले रातोमाटे नाकामा यो अभियान चलाएको महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानले बताए ।
सेयर गर्नुहोस्