
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आज वडा प्रहरी कार्यालयको भवन शिलान्यास गर्नु भएको छ । हेेटौंडा ४ को डाटा सेन्टरसंगैको जग्गामा बागमती प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयको ५ करोड ६० लाख रूपैयाँको लागतमा ५ तल्ले भवन बन्न लागेको छ । शिलान्यास कार्यक्रममा हेटौंडा(४ का वडा अध्यक्ष नवीन सिग्देल, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामा, मकवानपुरका प्रहरी उपपरीक्षक सोमेन्द्रसिंह राठौर, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट लगायतको उपस्थिति रहेको थियो ।


सेयर गर्नुहोस्