
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको दाजुभाइ स्विटस् का संचालक सहित ४ जना पक्राउ परेका छन् ।
उनीहरुलाइ हेटौंडामा जारी निषेधाज्ञाको उलंघन गर्दै मिठाई बेच्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
स्विटसले निषेधाज्ञाको ठाडो उल्लंघन गर्दै मिठाई बेचेको पाइएकोले संचालक सहित ४ जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन् ।
पसल नखोल्न आग्रह गर्दा समेत अटेर गरी पसले खोली भिडभाड गरेर मिठाई बेचेकोले नियन्त्रणमा लिएको डिएसपी रिमालले बताए।
पक्राउ परेका ४ जनालाई संक्रमण रोग निवारण ऐन २०२० बमोजिम कार्वाही सुरु गरिएको बताए।


सेयर गर्नुहोस्