खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्न १० बजेदेखि दिउँसो ३ बजे सम्म मात्र

टुडे संवादाता
२८ बैशाख २०७८, मंगलवार १५:५९

हेटौंडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञामा खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्नका लागि निश्चित समय तोकिदिएको छ ।प्रशासनले मंगलवार एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधिमा खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्नका लागि विहान १० बजेदेखि दिउँसो ३ बजे सम्मका लागि समय तोकिदिएको हो ।

तोकिएको समय भन्दा बहेकका समयमा सो सवारी साधनहरु आवत जावत गरेमा हेटौंडा प्रवेश गर्ने नाकाहरु रातोमाटे ,नवलपुर,चौघडा तथा सामरी पूलमा रोकेर राखिने ब्यहोरा उक्त सूचनामा उल्लेख गरीएको छ ।

हेर्नुहोस सूचना,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*