मकवानपुरमा बुधवार थप १ सय ८२ जनामा कोरोना पुष्टि

टुडे संवादाता
२९ बैशाख २०७८, बुधबार १५:०८

हेटौंडा/मकवानपुरमा बुधवार (आज) थप १ सय ८२ जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । गत २७,२८ र आज २९ गते संकलित २ सय ७० स्वाव मध्ये १ सय ८२ जनामा कोरोना संक्रमण देखिएकोे हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

उनका अनुसार २ सय ५८ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ सय ७७ जना र एन्टिजेन विधिबाट १२ जनाको परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।
जनस्वास्थ्य निरीक्षक चौलगाईले संक्रमित हुनेमा ९९ सय जना पुरुष र ८३ जना महिला रहेको बताए ।

हेटौंडा ४ मा ३० जना हेटौंडा–५ मा २४ जना, हेटौंडा–९ मा २६, हेटौंडा–८ मा १९, हेटौंडा–२ मा १३ जना संक्रमित फेला परेका छन् । संक्रमित मध्ये १.५ वर्षिय २ जना सहित ८ जना बालबालिका रहेका छन् । त्यस्तै जेष्ठ नागरीक ३ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*