मकवानपुरमा अबैध भरुवा बन्दुक पड्किदा १ जना घाईते

टुडे संवादाता
२९ बैशाख २०७८, बुधबार १६:३३

हेटौंडा/मकवानपुरमा अबैध भरुवा बन्दुक पड्किदा १ जना घाईते भएका छन् । घाईते हुनेमा भिमफेदी गाउँपालिका वडा नम्बर ७ स्थित कोगटे बस्ने बर्ष २८ वर्षिय गगन बहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिंजाली मंगलवार (हिजो) दिउँसो भालेडाँडा सामुदायिक जंगलमा बाख्रा चराउन जाँदा भरुवा बन्दुक पड्कि घाईते भएका हुन् ।

सिंजालीको कम्मरमा गोली लागेको जस्तो चोट देखिएको र घटना स्थलमा प्रहरी टोली खटि गई प्रारम्भिक अनुसन्धान गर्दा आफैले बोकेको अबैध भरुवा बन्दुक पड्कन गई घाईते भएको भनि खुल्न आएको प्रहरीले बताएको छ ।

घटना स्थलबाट भरुवा बन्दुक थान १ समेत बरामद गरिएको र घाईतेको हाल प्रहरीे निगरानीमा रही हेटौंडामा उपचार भईरहेको घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*