मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु

टुडे संवादाता
२९ बैशाख २०७८, बुधबार १७:०२

हेटौंडा/मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९)बाट थप ३ जनाको मृत्यु भएको छ । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका ३ पुरुष संक्रमितको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा उप-महानगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुष र हेटौंडा ३ का ६३ वर्षीय पुरुष तथा भीमफेदी गाउँपालिका वडा नंबर ६ का ५९ वर्षीय पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*