काठमाडौँ /सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपिओ आज शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको आइपिओ बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालयमा भएको बाँडफाँटमा २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।
कम्पनीको आइपिओ खरिदका लागि कुल १६ लाख ९० हजार ६९ जनाले आवेदन दिएकोमा ४ हजार ४४२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ ।
आइपिओ खरिदका लागि रितपूर्वक परेको १६ लाख ८५ हजार ६२७ जनाको आवेदनलाई मात्र बाँडफाँटमा सहभागी गराइएको थियो । त्यस अनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली भए । गोलाप्रथाद्वारा गरिएको उक्त बाँडफाँटमा यी मध्ये ४ जनाले एघार कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीले बैशाख १७ गतेदेखि कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेको थियो ।
कम्पनीले जारी गर्ने भनिएको २५ लाख १८ हजार २३० कित्तामध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीलाई, ५ प्रतिशत अर्थात एक लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीको हाल चुक्ता पूँजी ८३ करोड ९४ लाख १० हजार रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४।९१ रहेको छ भने प्रतिशेयर आम्दानी १३।७२ रुपैयाँ र नेटवर्थमा औसत प्रतिफल ८।२३ रहेको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्वारा प्रवर्द्धित सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २०६६ म्रसिर १५ गते दर्ता भएको कम्पनी हो ।
हाल कम्पनीमा २६५ संसपक शेयरधनीहरू रहेका छन् । कम्पनीका संस्थापक शेयरधनीहरू विद्युत, बैंक तथा वित्तीय क्षेत्र, प्राविधिक क्षेत्र, क्षैक्षिक क्षेत्र, पत्रकारिता क्षेत्र एवं राष्ट्रिय तथाच अन्तर्राष्ट्रिय व्यापार व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समय दख्खल भएका व्यक्तिहरू रहेको कम्पनीले जनाएको छ ।
जलविद्युत क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन गर्नका लागि जलविद्युत उत्पादन तथा वितरण गर्ने मूख्य उद्देश्यले स्थापित यस कम्प्नीद्वारा प्रवर्द्धित आयोजनाहरूमा १८३ किलोवाटको साङ्गे जलविद्युत आयोजना र ४।४ मेगावाटको राधि जलविद्युत आयोजना निर्माण भएर विद्युत उत्पादन गरिरहेको छ ।
त्यस्तै, ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी १ जलविद्युत र १ जलविद्युत आयोजना र ५ मेगावाटको रुकुमगाड जविद्युत आयोजना निर्माणाधिन रहेका छन् । यस कम्पनीले ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना प्रवर्द्धन तथा लगानी गरेको छ ।