
हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८ स्थित सिम्पानीमा शुक्रवार (आज) एक पुरुषको शव झुण्डीएको अवस्थामा फेला परेको छ । शव स्थानीय अन्दाजी ४५ बर्षका बिष्णु घिमिरेको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
स्थानिय लाल बहादुर स्याङ्तानको गाईको गोठमा घिमिरे मृत अवस्थामा फेला परेका हुन् । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोली पुगिसकेको र मुचुल्का उठाउने काम भइरहेको छ ।
घिमिरेको हत्या भएको हो वा उनले आत्महत्या गरेका हुन् भन्ने विषयमा थप जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्