हेटौंडा/मकवानपुरमा शुक्रवार (आज) थप १ सय ९ जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । ३० गते (हिजो) संकलित १ सय ४३ स्वाव मध्ये १ सय ९ जनामा कोरोना संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।
उनका अनुसार १ सय ३२ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ सय ६ जना र एन्टिजेन विधिबाट ११ जनाको परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
जनस्वास्थ्य निरीक्षक चौलगाईले संक्रमित हुनेमा ५५ सय जना पुरुष र ५४ जना महिला रहेको बताए ।
संक्रमित मध्ये ६ जना बालबालिका र २ जना ७५ वर्ष माथिका जेष्ठ नागरीक रहेका छन् । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का रहेका छन् । त्यहाँ शुक्रबार २३ जनामा कोरोना संक्रमण देखिएको निरीक्षक चौलागाईले बताए ।
सेयर गर्नुहोस्