
हेटौंडा/मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका ३ जना र रौतहटका १ जना रहेकोे जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार हेटौंडा-१० का ४४ वर्षीय पुरुष,हेटौंडा-१५ का ४८ वर्षीया महिला,हेटौंडा-५ का ६८ वर्षीय पुरुष र रौतहटका ६५ वर्षीय पुरुष रहेका छन् ।
मृत्यु हुने ३ जना हेटौंडा अस्पतालको कोभिड कक्षमा र एक जना हेटौंडा १५ की ४८ वर्षीया महिलाको चितवनमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५४ पुगेको कार्यलयले जनाएको छ ।


सेयर गर्नुहोस्