३ घण्टालाई पुग्ने अक्सिजन मात्रै बाँकी छ: हेटौंडा अस्पताल

टुडे संवादाता
३१ बैशाख २०७८, शुक्रबार १७:३०

हेटौंडा/मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा (हेटौंडा अस्पताल) मा अक्सिजनको अभाव भएको जनाएको छ । अस्पतालले एक विज्ञप्ति जारि गर्दै बिरामी भर्ना गर्न र भर्ना भएकाहरुको उपचार गर्न समस्या परेको बताएको छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले अब आईसीयू र एचडीयूमा भर्ना भएका बिरामीका लागि ३ घण्टालाई मात्र पुग्ने अक्सिजन मौज्दातमा रहेको बताएको छ ।

अस्पतालले अक्सिजनामा अन्य जिल्लाका उद्योगहरुमा भर पर्नु परेको र विहिबारबाट अन्यत्रको जिल्लाबाट पनि अक्सिजना आपूर्ति रोकिएकाले अप्ठेरो परिस्थिति सिर्जना भएको अस्पतालले जानकारी दिएको छ । अक्सिजन उपलब्ध हुन नसकेकाले बिरामीको उपचारमा पर्न गएको असुविधाप्रति क्षमापार्थी छौ, । विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*