
हेटौंडा/मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा-४ कि ७३ वर्षीय महिलाको रहेको र उनको आज बिहान उपचारको लागि मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक महिलालाई बैशाख २५ गते कोरोना पोजेटिभ देखिएको थियो । स्वासप्रस्वासमा समस्या भएपछि वैशाख ३० गते हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएको थियो ।

सेयर गर्नुहोस्