मकवानपुरमा आजबाट निषेधाज्ञामा थप कडाई (फोटो फिचर)

हेटौडा टुडे
१ जेष्ठ २०७८, शनिबार १२:३७

हेटौंडा/मकवानपुरमा आजबाट निषेधाज्ञामा थप कडाई गरीएको छ । कोरोना संङक्रमण दर बढ्दै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गएराति १२ बजेबाट जिल्लाको १० वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लामा गम्भिर प्रकारका संक्रमितको संख्या बढ्दै गएपछि संङक्रमितको मृत्यु हुने क्रम बढेपछि संङक्रमण न्युनिकरण गर्न निषेधाज्ञाको अवधि थप गरि निषेधाज्ञालाई थप कडाई गरीएको हो । निषेधाज्ञालाई पुर्ण कडाईका साथ कार्यान्वय गराउन जिल्लाका विभिन्न नाका तथा हेटौंडा बजारको मुख्य चोक चोकमा नेपाल प्रहरी ,शसस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरीएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यसअघि बैशाख २० गतेबाट ३१ गतेसम्म सम्म हेटौंडा उप-महानगरपालिका सहित थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दाँयाबाँया ५/५ सय मिटर क्षेत्रमा जारी निषेधाज्ञालाई थप गरेर जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

हेर्नुहोस फोटोहरु:

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*