पछिल्लो २४ घण्टामा मकवानपुरमा ८७ जना कोरोना संङक्रमण मुक्त

हेटौंडा टुडे
१ जेष्ठ २०७८, शनिबार १८:०१

हेर्टौंडा / मकवानपुरमा आज शनिबार थप ८७ जना कोरोना संङक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लाका थप ८७ जना कोरोना संङक्रमण मुक्त भएको जिल्ला जनस्वास्थ कार्यालय मकवानपुरले जनाएको छ ।

संङक्रमण मुक्त हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका ६६ जना , थाहा नगरपालिकाका ११ जना , मनहरी गाउँपालिकाका ८ जना, राक्सिराङ गाँउपालिका र बागमती गाँउपालिकाका एकएक जना रहेका छन् ।

यो संगै मकवानपुरमा कोरोना संङक्रमण मुक्त हुनेको संख्या ४ हजार २ सय ८७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*