
हेटौंंडा / पछिल्लो २४ घण्टामा हेटौंडा उपमहानगरपालिकाका ४ जना कोरोना संङक्रमितको मृत्यु भएको छ ।
शनिबार बेलुका २ जना र आईतबार बिहान २ जना गरी हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा ३ जना र होम आईसोलेशनमा रहेका एक जना गरी ४ कोरोना संक्रमितको मृत्यु भएको हेटौंडा अस्पतालका आईशोलेसन वार्डका ईन्चार्ज डाक्टर सागर काफ्लले बताउनुभयो ।
मृत्य हुनेहरुमा हेटौंडा–१४ कि ७४ वर्षीय महिला, हेटौंडा–८ की ६१ बर्षीया महिला ,हेटौंडा–२ चौकीटोलका ६४ बर्षीय एक पुरुष र हाम आईसोलेशनमा रहेकी हेटौंडा–१४ की ४८ बर्षीया महिला, गरी ४ जना कोरोना संक्रमित बिरामी मृत्यु भएको हो ।
मृत्यु भएका ३ जना संङक्रमितको स्वासप्रस्वासमा समस्या भएपछि हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएको थियो । एक जना कोरोना संङक्रमित हाम आईसोलेशनमा रहनुभएको थियो ।


सेयर गर्नुहोस्