
हेटौंडा / अक्सिजन प्लान्ट व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकाले करिब डेढ करोड रुपैंया छुट्याएको छ ।
कोरोना भाइरस (कोभिड –१९) को माहामारीमा अक्सिजन अभावले नागरिकले ज्यान गइरहेको बेलामा मकवानपुरको हेटौंडा अस्पतालका बिरामीका लागि आवश्यक पर्ने अक्सिजन प्रबन्ध गर्न अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्ने तयारी सुरु गरीएको हो ।
हेटौंडा टुडे संग कुरा गर्दे उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अस्पतालको अस्पतालका बिरामीलाई अक्सिजन अभाव नहोस् भन्नका लागि आफूले अरु योजना कटौती गरेर भएपनि डेढ कारोड रुपैँया सम्म खर्च गर्ने निर्णय गरेको बताए ।
जनताको स्वास्थका लागी जति पनि रकम खर्च गर्न उपमहानगरपालिका तयार रहेको मेयर महतको भनाई छ । अक्सिजन प्लान्ट निर्माणका उपकरणहरु तत्कालै ल्याउन छिटो छरितो प्रकृया उपनाउने विषयमा छलफल भैरहेको मेयर महतले बताए ।
