हेटौँडा उपमहानगरपालिकाद्धारा दैनिक एक सय सिलिण्डर अक्सिजन ल्याउने अभियान सुरु

हेटौडा टुडे
२ जेष्ठ २०७८, आईतवार १४:४०

हेटौंडा  / मकवानपुरमा कोरोना संङक्रमितको उपचारकालागी अक्सिजन अभाव भएपछि हेटौँडा उपमहानगरपालिकाले दैनिक एक सय सिलिण्डर अक्सिजन ल्याउने अभियान सुरु गरेको छ ।

कोरोना संक्रमणको दर बढिरहेको सन्र्दभमा हेटौँडा अस्पतालमा उपचाररत विरामिलाई सोहि अभियान अन्र्तगत आज १ सय सिलिण्डर अक्सिजन ल्याउन उपमहानगरपालिकाले आज आफ्नो दुईवटा टिफरहरु नुवाकोट र इटहरी पठाएको छ । ति टिफरहरुले आजै रातीसम्म अक्सिजन ल्याईसक्ने उपमहानगरपालिकाले जनाएको छ ।

अक्सिजनकै अभावमा विरामिहरुले ज्यान गुमाउन नपरोस भन्ने मान्यताको साथ आफुहरुले काम अघि बढाएको हेटौँडा उपमहानगरपालिकाले जानकारी दिएको छ । पछिल्लो समय हेटौँडा उपमहानगरपालिकामा संक्रमितहरुको संख्या बढदै गएको र अक्सिजन चाहिने संक्रमितहरु पनि बढेको कारण स्थानीय सरकारले पहलकदमी बढाएको हो ।आजै मात्र हेटौँडा उपमहानगरपालिकाले अक्सिजन प्लान्ट राख्ने विषयमा एउटा महत्वपूर्ण छलफल समेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*