
हेटौंडा / मकवानपुरगढी गाँउपालिकामा हालसम्म एक सय ४६ जनामा कोरोना संङक्रमण पुष्टि भएको छ ।
गाँउपालिकाका स्वास्थ संयोजक धुब्र लामिछानेका अनुसार गाँउपालिकामा हालसम्म एक सय ४६ जनामा कोरोना संङक्रमण पुष्टि भएको हो । संङक्रमण पुष्टि भएकाहरु मध्ये २ जना चितवन मेडिकल कलेजमा उपचाररत छन् । भने ६६ जना होम आईसोलेसनमा रहेका छन् ।
होम आईसोलेसनमा उपचारत संङक्रमितहरुको स्वास्थ अवस्था सामान्य रहेको र वडा कार्यालयहरुले संङक्रमितहरुको स्वास्थ अवस्था बारे नियमित जानकारी लिईरहेको संयोजक लामिछानेले बताए । अहिले गाँउपालिकामा ८६ जना सक्रिय संङक्रमित रहेका छन् । भने ५८ जना कोरोना संङक्रमण मुक्त भएका छन् । यस्तै कोरोना संङक्रमणका कारण गाँउपालिकाका २ जनाको मृत्यु भएको संयोजक लामिछानेले बताए ।
गाँउपालिकाले कोरोना संङक्रमितको उपचारकालागी १५ बेडको आईसोलेशन निर्माण गरेपनि आईसोलेसन वार्डमा विरामी भर्ना भएका छैनन् । संङक्रमितलाई गम्भिर स्वास्थ समस्या देखिएमा थप उपचारकालागी अस्पताल लैजान गाँउपालिकाको २ वटा एम्बुलेन्स र एउटा जनप्रतिनिधि चढ्ने गाडी प्रयोगमा ल्याईएको संयोजक लामिछानेले बताए ।
कोरोना संङक्रमण न्युनिकरण गर्न गाँउपालिकाका भिढभाड हुने बजार क्षेत्र र बढी मानव बस्ती भएका स्थानहरुमा प्रहरी परिचालन गरी निषेधाज्ञालाई समेत कडाई गरीएको गाँउपालिकाका स्वास्थ संयोजक धुब्र लामिछाने बताए ।
