कोभिड अनुगमन समितीद्वारा हेटौंडा अस्पताललाई २३ सिलिन्डर अक्सिजन सहयोग

टुडे संवादाता
५ जेष्ठ २०७८, बुधबार १४:२८

हेटौंडा/नेपाली कांग्रेस मकवानपुरको कोभिड अनुगमन समितीको सहजिकरणमा बुधवार (आज) २३ थान अक्सिजन सिलिन्डर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पताललाई सहयोग गरेको छ  । मकवानपुरमा अक्सिजन अभाव देखिन थालेपछि बिरामीहरुको उपचारमा समस्या देखिएको विभिन्न समाचार माध्याम मा समाचार प्रशारण र प्रकाशान भएपछि नेपाली कांग्रेसले देशैभर कोभिड अनुगमन समिती गठन गरि सहजिकरण गर्दै आएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा अक्सिजन अभाव  भएपछि नेपाली काङ्ग्रेस मकवानपुर सभापती माननीय इन्द्र बहादुर बानियाँको सहजीकरणमा कोभिड अनुगमन समिती मकवानपुरका सयोजक उत्सब इटिनी तरुणदल नगर सभापती सुनिल गिरि, माननीय इन्द्र बहादुर बानियाका स्वकिय सचिब मिलन पुडासैनी समाजसेवी एवं युबा ब्यबसायी योग्यराज सापकोटा पत्रकार रमेश बन्जारा लगाएतको टिम पर्सा को परवानिपुरबाट २३ सिलिन्डर अक्सिजन ल्याउन सफल भएको थियो ।

यस अधि पनि हेटौंडा अस्पतालमा अक्सिजन अभाव नहोस भनी कोभिड अनुगमन समिती मकवानपुरले केही दिन अगि पुर्बी नवलपरासी पुगेर ४० थान अक्सिजन सिलिन्डर ल्याइ हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको थियो ।

आज हेटौंडा अस्पताल परिसरमा हेटौंडा अस्पतालका चिरन्जिवी चुडाल राजेश प्रसाईंलाई नेपाली काङ्ग्रेस नगर सभापती आनन्दराम पराजुली कोभिड अनुगमन समिती मकवानपुरका सयोजक उत्सब इटिनी,तरुण दल नगर सभापती सुनिल गिरि, युवा ब्यबसायी एवम समाजसेवि योग्यराज सापकोटाले २३ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।

मकवानपुरका युवा ब्यबसायी योग्यराज सापकोटाको १९ हजार सहयोग मा २३ थान अक्सिजन सिलिन्डर अस्पताल लाई सहयोग गरिएको हो ।

हस्तान्तरण कार्यक्रम मा बोल्दै कोभिड अनुगमन समिती मकवानपुरका सयोजक उत्सब इटिनीले जनताका समस्या हाम्रो समस्या रहेकाले कोभिड अनुगमन समितिले मकवानपुरमा अक्सिजन अभाव नहोस भनी हामीले काम गरिरहेका छौं र आगामी दिनमा पनि हामी प्रतिबद्ध भई काम गर्नेछौं बताउनु भएको छ ।

त्यस्तै नेपाली कांग्रेस नगर सभापती आनन्दराम पराजुलीले खाली सिलिन्डर उपलब्ध हुने हो, भने हामिले मकवानपुरमा अक्सिजन कमि हुन नदिने बताउनु भएको छ ।

कोभिड अनुगमन समितिका सयोजक उत्सब इटिनी नगर सभापती आनन्दराम पराजुली हेटौंडा अस्पतालका चिरन्जिवी चुडाल र राजेश प्रसाईं लगायतले सहयोगी मनका धनी समाजसेवी योग्यराज सापकोटालाइ धन्यवाद दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*