हेटौंडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार क्षेत्रका खाद्यान्न तथा तरकारी पसल पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको बुधबार (आज) बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्नको लागि निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्दै जेठ १३ गतेसम्म तरकारी र खाद्यान्न पसलसमेत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको हो ।
यसअघि तरकारी र खाद्यान्न पसल मंगलवार र शुक्रबार बिहान ८ बजेसम्म संचालन हुँदै आएको थियो ।
सेयर गर्नुहोस्