
हेटौंडा/ भोलि हुने उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादल हेटौँडा आइपुगेका छन् ।उनी पूर्वपश्चिम राजमार्गको नारायणगढ सडकखण्ड हुँदै हेटौँडा आएका हुन् । दिउँसो १२ः४० बजे हेटौँडा आइपुगेको र आवासको व्यवस्था होटल एभोकार्डोमा मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।
बादलसँगै नेकपा एमालेका नेताहरु कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, कृष्ण राई पनि हेटौँडा आएको नेकपा एमाले मकवानपुरले जनाएको छ ।
भोलि हुने उपनिर्वाचनमा एक पदको लागि ३ जनाले प्रतिष्पर्धा गर्दैछन् उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङबीच प्रतिस्पर्धा हुने भएको छ ।

सेयर गर्नुहोस्