बुधबार मकवानपुरमा थप ५२ जनामा कोरोना पुष्टि

हेटौडा टुडे
५ जेष्ठ २०७८, बुधबार १६:३९

हेटौंडा/मकवानपुरमा बुधबार (आज)थप ५२ जनामा कोरोना भाइरसका (कोभिड -१९) संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय मकवानपुरले जनाएको छ ।
गत जेठ ३ गते संकलित १ सय ४५ स्वाव मध्ये १४३ को पीसीआर परिक्षणबाट गरिको परीक्षणमा ५१ जनामा र १ जनाको एन्टिजेन विधिबाट गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

संक्रमित मध्ये ३ जना बालबालिका र ७५ बर्ष माथिका २ जना जेष्ठ नागरिक समेत रहेका छन् । त्यस्तै संक्रमित मध्ये १९ जना महिला र ३३ जना पुरुष रहेकोे चौलागाईले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ५ का १० जना रहेका छन् । त्यस्तै मकवानपुरगढीका ४ र जिल्ला बाहिरको १ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुनहरुमा १९ जना महिला र ३३ जना पुरुषमा संक्रमण भएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*