
हेटौंडा । कोभिड–१९ सङ्क्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटीको पहलमा म्याग्दीमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ ।
रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री सुरत केसीको नेतृत्वमा चार जना युवाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाह संस्कार गर्न थालेका हुन् ।
मृतकका आफन्तसँगको समन्वयमा केसीको नेतृत्वमा निःशुल्क दाहसंस्कार गर्दै आएका छन् ।
अहिले सम्म बेनी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका दुईजना सङ्क्रमित सहित पोखरामा मृत्यु भएर बेनीमा ल्याइएका समेत गरी पाँच वटाको शव बेनी स्थित कालीगण्डकी र म्याग्दी नदीको दोभान रहेको दोबिल्ना घाटमा व्यवस्थापन गरिसकिएको केसीले बताउनुभयो ।

सेयर गर्नुहोस्