हेटौंडा/नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये पीसीआरतर्फ ८ हजार ६४ र एन्टीजेनतर्फ १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौं उपत्यकामा मात्र २ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा १ हजार ९ सय ८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ४६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ५ हजार ६ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सेयर गर्नुहोस्






















