बिहिबार मकवानपुरमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
६ जेष्ठ २०७८, बिहीबार १७:०२

हेटौंडा ।  मकवानपुरमा बिहिबार आज थप १११ जनामा कोरोना भाइरसका कोभिड १९ संक्रमण पुष्टि भएको छ । २२४ जनाको स्वाव परिक्षण गर्दा १११ जनामा कोरोना पुष्टि भएको र यो जेठ ४ गते लिएको स्वाबको नतिजा रहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

भाइरस पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरकाका  रहेका छन् । जस मध्ये नगर भन्दा बाहिर मनहरी गाउँपालिकाका ३ जना, भीमफेदी गाउँपालिकाका  १ जना, राक्सिराङ गाउँपालिकाका  १, मकवानपुरगढी गाउँपालिकाका  २ जना र जिल्ला बाहिरको ५ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएका छन् ।  संक्रमित मध्ये ५६ महिला, ५५ पूरुष, ९ बालबालिका, ३ जना ७५ वर्षमा माथिका जेष्ठनागरिक रहेका चौँलागाईले बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*