हेटौंडा अस्पतालको हेल्प डेक्समा श्रीराम अधिकारीको आर्थिक सहयोग

हेटौडा टुडे
६ जेष्ठ २०७८, बिहीबार २१:०६

हेटौंडा । हेटौंडा अस्पतालमा युवाहरुले संचालन गरेको हेल्प डेस्कमामा हेटौंडा ४ का श्रीराम अधिकारीले नगद दश हजार रुपैयाँ सहयोग गरेका छ्न । उनले हेटौंडा अस्पतालमा युवाहरुले संचालनमा ल्याएको हेल्प डेक्समा नगद दस हजार रुपैयाँ सहयोग गरेका हुन ।

हेटौंडा  ४ घर भएका अधिकारी हाल वैदेशिक रोजगारीका लागि ईज्रायलमा छ्न । कोरोना सङ्क्रमणको माहामारीका बेला बिरामी र बिरामीको आफन्तलाई सहयोग र सहजीकरण गर्नका लागि हेटौँडाका विभिन्न सङ्घ संस्था समाजसेवी विद्यार्थी एवम् पत्रकार लगायत स्वतन्त्र युवाहरूले अस्पताल छेउमा ‘हेल्प डेस्क’ स्थापना गरेका हुन् ।

पछिल्लो समय बढ्दै गएको सङ्क्रमण र त्यसले निम्त्याउने विभिन्न समस्याको समाधानमा सहयोगी भूमिका निभाउनको लागि सामाजिक सञ्जाल फेसबुकमा ‘कोभिड हेल्प डेस्क टिम’ गठन गरी अस्पतालमा ‘सहायता कक्ष स्थापना गरिएको हो । हेटौँडामा कसैलाई समस्या परे ‘हेल्प डेस्क’मा सम्पर्क राख्न समेत आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*