शुक्रबार मकवानपुरगढीमा ११ जना संक्रमित थपिए ,अहिलेसम्म १२३ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
२०७८ जेष्ठ ७, शुक्रबार २१:०६ गते

हेटौंडा ।  आाज सुक्रबार मकवानपुरगढीमा ११ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये ५ जना महिला र ६ जना पुरुष रहेका छन् ।

संक्रमण देखिनेमा हेटौंडा अस्पतालबाट प्राप्त pcr रिपोर्टबाट वडा वडा नम्बर ५ का १ र वडा नम्बर ८ का २ जना गरि ३ जना पुरुष रहेका छन् भने मकवानपुरगढीका १६ जनामा गरिएको एन्टिजेन परिक्षणबाट वडा नम्बर २ का ३ जना महिला र २ जना पुरुष गरि ५ जना , वडा नम्बर ५ का महिला १ पुरुष १ जना गरि २ जना र वडा नम्बर ८ का १ जना महिला गरि ८ जनामा संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

 

शुक्रबारको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट कुल १२३ जना संक्रमित भएका छन् । बिहीबार सम्ममा ३७ जना १४ दिन पुरागरी संक्रमणमुक्त भएका छन् । आज सम्म ८७ जना सक्रिय संक्रमित रहेको र संक्रमित मध्ये ८४ जना होमआईशोलेसन र ३ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य प्रमुख लामिछानेले बताउनुभयो ।

सुक्रबारसम्म मकवानपुरगढीमा कोभिड संक्रमण पुष्टि हुने सङख्या कुल १२३ पुगेको लामिछानेले बताउनुभयो । यो संगै मकवानपुरमा आज थप १३८ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*