मकवानपुरमा आईतबार थप ९८ जनामा कोरोना संक्रमण

टुडे संवादाता
९ जेष्ठ २०७८, आईतवार १३:५२

हेटौंडा/मकवानपुरमा आईतबार  (आज) थप ९८ जनामा कोरोना भाइरसका (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । १ सय ८५ जनाको स्वाव परिक्षण गर्दा ९८ जनामा कोरोना पुष्टि भएको र यो जेठ ७ र ८ गते लिएको स्वाबको नतिजा रहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

निरीक्षक चौँलागाईका अनुसार मनहरी गाउँपालिकाका १ जना, भीमफेदी गाउँपालिकाका १ जना,थाहा नगरका १ जना,जिल्ला बाहिरको ३ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये ४६ महिला, ५२ जना पूरुष रहेका छन् । त्यस्तै २ जना बालबालिकालाई पनि कोरोना देखिएको चौँलागाईले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*