
आईतबार मकवानपुरगढीमा ८ जनामा कोभिड संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४ जना महिला र ४ जना पुरुष रहेका छन् ।
आईतबार पुष्टि हुनेहरु सबै मकवानपुरगढीमा गरिएका एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएका हुन् । हेटौंडा अस्पतालबाट प्राप्त भएको PCR रिपोर्टबाट गत २ गते र ८ गतेको छुट भएका समेत थप ३ जनामा संक्रमण पुष्टि भएको हो । यस अघि शनिबार PCR रिपोर्टबाट ३ जना संक्रमित भएका थिए भने १४ दिन पार गरि ३ जना संक्रमणमुक्त भएका मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी बताउनु भयो ।
आइतबारसम्ममा ४० जना १४ दिन पुरागरी संक्रमण मुक्त भएका छन् भने आज सम्म ९५ जना सक्रिय संक्रमित रहेको र संक्रमित मध्ये ९१ जना होमआईशोलेसन, १ जना संस्थागत आइशोलेशन र ३ जना अस्पतालमा उपचाररत रहेको छन । आज सम्म मकवानपुरगढीमा कोरोना संक्रमित जम्मा १३६ जनामा देख ापरिसकेको लामिछानेले बताउनुभयो ।

