हेटौंडा ६ का स्थानीयद्वारा कोभिड रेस्पोन्स टीमलाई आर्थिक सहयोग

हेटौंडा टुडे
१२ जेष्ठ २०७८, बुधबार २१:१७

हेटौडा । नेपाल सहित मकवानपुरमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई स्थानीय क्षेत्रबाट नै नियन्त्रण गर्न हेटौंडा (६र १७ मा गठन भएको कोभिड–१९ सामुदायिक रेन्सपोन्स कार्यदललाई सहयोग गर्ने सहयोगी हातहरूको संख्यामा वृद्धि हुदै गएका छन। यसै क्रममा बुधवार कार्यदललाई हेटौडा–६ हात्तीलेट र रामनगरका स्थानीयहरुलाई आर्थिक सहयोग गरेका छन ।

युवा परिचालन तथा स्वयसेवक उपसमितिका लक्ष्मण पौडेल, आशिष चौलागाँई, सुपेन्द्र खनाल, धनेन्द्र विष्ट र एलिस सञ्जेलको टोलीले संकलन गरेको ६८ हजार १ सय २८ रुपैयाँ कार्यदलका संयोजक एवम हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईलाई हस्तान्तरण गरिएको छ ।

यसैगरि हेटौडा–६ हातीलेट निवासी पुष्पराज पराजुलीले कार्यदललाई एक बोरा चामल उपलव्ध गराएका छन । कार्यदलले वडा नं। ६,७, र १७ का संक्रमितको घरघरमा पुगी स्वास्थ्य सल्लाह र स्वास्थ्य सामाग्री प्रदान गर्नुको साथै अक्सिजन सहयोग र कोरानाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न समेत वितरण गर्दै आएको कार्यदलका सहसंयोजक भरत सापकोटाले बताए ।

कार्यदलले मकवानपुरगढी स्वास्थ्य चौकी, शिखरकटेरीलाई ३ थान अक्सिजन, स्वास्थ्य सामाग्री र मकवानपुरगढी गाउँपालिकाद्वारा वडा नं। ३ मक्रान्चुलीमा सञ्चालित आईसोलेसन वार्डलाई पनि स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

हाल सम्म करिव ४ लाख १० हजार संकलन भएको र सहयोगीहातहरुबाट रकम आउने क्रम जारी रहेको आर्थिक तथा राहत संकलन उपसमितिका सहसंयोजक देवराज गौतमले बताएका छन। त्यसैगरी अभियानमा विदेशमा रहेका व्यक्तिहरुबाट समेत सहयोग भैरहेको कार्यदलका सदस्य उदय विडारीले बताए । रकम हस्तान्तरण कार्यक्रममा कार्यदलका सदस्य पवन दुलाल, सरिता मिश्र, सुन्दर आचार्य र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*