हेटौंडा / हेटौंडा लेडी जेसिज र युवा ब्यबसायी राजु अधिकारीको सहयोगमा हेटौडा अटो एम्बुलेन्स चालकहरुलाई स्वास्थ सामाग्री हस्तान्तरण गरीएको छ ।
उपमहानगरपालिकामा संचालित ३६ जना अटो एम्बुलेन्स चालकहरुलाई प्रति चालक एक थान वासेबल पीपीइ, ३६ प्याकेट मास्क, ३६ थान फेससिल्ड र २० लिटर सेनीटाइजर वितरण गरिएको हो ।
उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको प्रमुख अतिथ्यतामा उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरीएको हो । मेयर महतले अटो एम्बुलेन्स चालकले बढी भाडा लिएको गुनासो आएको भन्दै संकटका बेला तोकिएको भाडामात्र लिन आग्रह गर्नुभयो ।यस्तै अटो एम्बुलेन्स चालकहरुलाई स्वास्थ सामाग्री उपलब्ध गराउने हेटौडा लेडी जेसिज र युवा ब्यबसायी राजु अधिकारी लाई धन्यवाद ब्यक्त गर्नुभयो ।
अटो एम्बुलेन्स चालकहरुलाई घाम पानीका कारण फेरफार गर्ने पिपिई लयाएतका स्वास्थ सामाग्रीको समस्या भएपछि युवा ब्यबसायी अधिकारीको समेत सहयोगमा स्वास्थ सामाग्री वितरण गरीएको हेटौंडा लेडि जेसिजकी अध्यक्ष प्रतिमा श्रेष्ठ ले बताउनुभयो।




















