हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक संग एम्बुलेन्स ठोकिई दुर्घटना हुदाँ एम्बुलेन्समा सवार एक जनाको मृत्यु भएको छ । भरतपुरबाट बिरामी बोकेर सर्लाही आउदै गरेको प्रदेश १ ००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४३८० नम्बरको ट्रकलाई ठक्कर दिई दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका ४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन । दुर्घटनामा चालक सहित ३ जना घाइते भएको जस्मा एम्बुलेन्समा सवार बागमती नगरपालिका वडा नम्बर–४ का ३८ वर्षीय नेमा थिङ गम्भीर घाईते रहेको र थिङ सहित घाईते सबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
सेयर गर्नुहोस्