गढी सामुदायिक कोभिड प्रतिकार्य समुहले विभिन्न ठाउँमा खुट्टाले थिचेर स्यान्टाइज गर्ने स्यानिटाइजर र स्ट्यान्ड हस्तान्तरण

हेटौंडा टुडे
२० जेष्ठ २०७८, बिहीबार २१:५३

हेटौंडा । आफनो गाउ आफै बनाउ भन्ने अभियान स्वरुप सुरु भएको मकवानपुरगढि वडा नम्बर ३ का सा ब्यक्तिहरुले कोबिड विरुद्धको अभियानहरु आफनो समुदायमा सन्चालन गरिरहेका छन । मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहले आज पनि अरु दिनहरुका झै सङ्क्रमण रोकथाम अभियान अन्तर्गत विभिन्न कार्यहरु गरेका छन ।  समुहले गाउपालिका बिभिन्न स्थानहरमा खुट्टाले थिचेर स्यान्टाइज गर्ने स्यानिटाइजर र स्ट्यान्ड , थर्मल गन र मास्क हस्तान्तरण गरेको छ ।

 

प्रतिकार्य समुहले गाउपालिकाका बिभिन्न स्थानहरुमा मानिसको भिडभाड र आवत जावत हुन्छ त्यस ठाउमा बिभिन्न सामाग्रिहरु हस्तान्तरण गरेको हो । आज मकवानपुरगढी गाउपालिका गाउँ कार्यपालिकाको कार्यालयमा ,देबिडाडामा , श्री मनकामना दुग्ध उत्पादक सहकारी सस्था लि. मा ,भानु मा.वि चोक वडा नम्बर ३ मा  र श्री कालिदेवी दुग्ध उत्पादक सहकारी सस्था लि. मकवानपुरगढी ४ मा खुट्टाले थिचेर स्यान्टाइज गर्ने स्यानिटाइजर र स्ट्यान्ड सम्बन्धित ठाउमा हस्तान्तरण गरेको छ । साथै समुहले मास्क वितरण संगै मास्कको प्रयोग गर्ने तरिका बारे जनचेतना फैलाउने कार्य गरेको समुहका अभियन्ता कमल फुयालले हेटौडा टुडेलाई जानकारि दिनु भयो ।                                                                                                                            समुहले

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*