स्वास्थ्य चौकी भवन निर्माणमा राति राति काम, अनियमितताको आशंका

हेटौंडा टुडे
२२ जेष्ठ २०७८, शनिबार २२:०१

हेटौंडा ।  हेटौंडा–४ मा निर्माणाधीन मोहन बज्राचार्य शहरी स्वास्थ्य चौकी भवन निर्माणमा मापदण्डविपरीत कमसल निर्माण सामाग्री हालिएको भन्दै स्थानीयबासीले ध्यानाकर्षण भएको बताएका छन् । शुक्रबार राति स्वास्थ्यचौकी भवन निर्माणको काम भइरहेको जानकारी पाएपछि स्थानीय सुनिल गिरी सहितका युवाहरु निर्माणस्थलमा पुगी निरीक्षण गरेका थिए ।

निर्माणको काम रातमा किन गरियो, पहिलो आशंका यहिँ छ, हामी गएर हेर्दा दुइ गाढा गिट्टी र २ गाढा बालुवामा एक बोरा मात्रै सिमेन्ट घोलेर हालिरहेको पाइयो, निर्माणको मापदण्डबारे जानकारहरुसँग बुझदा दुइ÷दुई गाढा बालुवा र गिट्टी राखेपछि एक गाढा सिमेन्ट हाल्नुपर्ने भन्ने थाहा पाइयो । यो लापरबाही हो  गिरीले भने । उनका अनुसार रातको समयमा भइरहेको निर्माणस्थलमा प्राविधिक समेत थिएनन् । स्वास्थ्यचौकी भवन निर्माणमा मापदण्ड विपरीत कमसल निर्माण सामाग्री प्रयोग गरेको गुनासो आएको भन्दै नेपाली कांग्रेस हेटौंडा–४ नम्बर वडा समितिले ध्यानाकर्षण समेत जनाएको छ । वडा सभापति हरिप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै गुनासो आएपछि अनुगमनमा जाँदा निर्माण स्थलमा परियोजना कार्य विवरण समेत नभएको बताएका छन् । रातमा काम हुने गरेको प्रति पनि आपत्ति जनाइएको छ ।

निर्माण कार्य मापदण्डअनुसार गर्न र गुणस्तरीय सामाग्रीको प्रयोग गर्न कांग्रेसले ध्यानाकर्षण गराएको छ । अन्यथा कानुनी प्रक्रियामा जानेसमेत चेतावनी दिएको छ । यसबारेमा बुझ्न वडाध्यक्ष नविन सिग्देललाई सम्पर्क गर्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*