युवा नेता गणेश लामाको गिरफ्तारी प्रति नेता बानियाँको आपत्ती

हेटौडा टुडे
२८ जेष्ठ २०७८, शुक्रबार ११:३९

हेटौंडा ।  नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आपत्ती जनाउनुभएको छ । नेता बानियाँले बिहिबार एक बिज्ञप्ती निकाल्दै युवा नेता लामाको पक्राउ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले कुनै पनि नागरिकले स्वतन्त्रपूर्वक हिड्डुल गर्न पाउँने अधिकार कुण्ठित हुने गरी प्रहरीको नियन्त्रणमा राख्नु गलत भएको बताउनुभएको हो ।

विज्ञप्तीमा नेता बानियाँले नेता लामालाई निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको दावी गरिए पनि बर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखी पक्राउ गरेर ज्यादती गरेको दावी गर्नुभएको छ । नेता बानियाँले जारी निषेधाज्ञा उलंघन गरेको भन्दै निन्त्रणमा लिए पनि एउटा दलको नेतालाई सामान्य सोधपुछ गरेर छाड्न सकिने वा जरिवाना लिएर छाड्नुपर्ने भएपनि नियन्त्रणमा राखी अनावस्यक सोधपुछ गर्नु बदनियत र दुर्भाग्यपूर्ण भएको बताउँदै नेता लामालाई विना शर्त तत्काल छोड्न विज्ञप्ति मार्फत आग्रह गर्नु भएको छ ।

निषेधाज्ञा उलंघन गरेको आरोपमा लामा सहित ३ जनालाई बिहीबार कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो । गत आम निर्वाचनमा वागमती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवारसमेत रहनुभएका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निर्वतमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउन भूमिका खेलेको चर्चा चलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*