
हेटौंडा/मकवानपुरमा जारी निषेधाज्ञा असार ७ गते सम्मलाई लम्बिएको छ । जिल्ला कोभिड(१९ व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले ७ गते सम्म केहि सहजताका साथ निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
विहान ४ बजे देखी ९ बजे सम्म खाद्य तथा दैनिक उपभोग्य वस्तुको विक्रीका लागि खुलाइएकोमा अब मोवाइल, कम्प्युटर व्यवसाय पनि १० बजे सम्म सञ्चालन गरिने जनाइएको छ । साताको तीन दिन खुल्ला रहेको बैंक अब ६ दिननै खुल्ला रहने निर्णय गरिएको छ । र अन्य व्यवसाय भने पूर्णरुपमा बन्द रहने जनाइएको छ ।
हेर्नुस् यस्ता छन् निर्णयहरु :
–खाद्यन्न, तरकारी, फलफुल तथा दुग्धजन्य ब्यवसाय बिहान १० बजेसम्म सञ्चालन हुने(प्रत्येक दिन),
-स्टेस्नरी पसल, मोवाईल, अटोमोवाईल मर्मत बिहान १० बजेसम्म (प्रत्येक दिन)
-बैंक दिनको बिहान १० बाट दिउँसो ३ बजेसम्म सञ्चालन हुने (प्रत्येक दिन)
-वित्तिय सस्था, सहकारी, रेमिट्यान्स दिउँस २ बजेसम्म सञ्चालन हुने (प्रत्येक दिन)
-मार्टहरु दिउँसो १० बजेसम्म सञ्चालन हुने ( प्रत्येक दिन)
-सहकारीको हकमा बजारबाट रुपैँया संकलन गर्न नपाईने


सेयर गर्नुहोस्