
हेटौडा । मंगलबार मकवानपुरगढीमा थप १ जनामा कोभिड संक्रमण देखिएको छ । मकवानपुरगढीमा गरिएको एन्टिजेन परिक्षणबाट वडा नम्बर २ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ भने हेटौंडामा गरिएको PCR परिक्षणबाट आज कूनै संक्रमण नदेखिएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल २१५ जनामा संक्रमण देखापरिसकेको लामिछानेले जानकारी दिनुभयो ।
आज मंगलबार सम्ममा १५७ जना १४ दिन पुरागरी संक्रमण मुक्त भएका छन् । आजको दिन सम्ममा ५२ जना सक्रिय संक्रमित रहेकोमा संक्रमित मध्ये ५० जना होमआईशोलेसन रहेका छन । मकवानपुरगढी वडा नम्बर ३ मक्रन्चुलीमा रहेको कोभिड अस्थाई अस्पतालमा आज थप २ संक्रमित रहेका र उनिहरुको अबस्था सामान्य नै रहेको लामिछानेले बताउनुभयो साथै अहिले सम्म कोभिड अस्थाई अस्पतालममा ६ जना सेवा लिएर द्दर फर्किसकेको लामिछानेले बताए ।
