
हेटौंडा। देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ ।
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पूर्वानुमान महाशाखाले जनाए अनुसार आइतबार र सोमबार पनि देशका विभिन्न भू(भागमा हल्कादेखि भारी वर्षासम्म हुने सम्भावना छ ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्प श्चात् गरिने राहत, पुनःस्थापना र पुन र्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि पूर्व तयारीको काममा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने बताएकी छन् ।
मनसुनको शुरुआतसँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा भइरहेका विपद् प्रतिकार्यबारे शुक्रबार साँझ गृह मन्त्रालय‚ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिँदै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।

