मकवानपुरमा निषेधाज्ञा असार १४ सम्म थपियो, बजारका अधिकांश पसल खुल्ने

हेटौंडा टुडे
६ असार २०७८, आईतवार २१:१७

हेटौँडा । मकवानपुरमा जारी निषेधाज्ञा एक हप्ता थप गरि असार १४ सम्म थपिएको छ । कोरोना संक्रमणको दर घट्दै गए पनि संक्रमणको दर कायमै रहेकाले आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले जारी निषेधाज्ञा अझै एक हप्ता थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले असार ७ गते राति १२ बजेदेखि असार १४ गतेसम्म लागू हुने गरी उक्त निर्णय गरेको हो । यस अघि बसेको बैठकले जिल्लामा भोलि असार ७ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको थियो ।

बैठकले फलफुल, खाद्यान्न र तरकारी पसल बिहान ४ बजेदेखि १२ बजे सम्म ,  हाड्वयेर, कपडा, जुत्ता र कस्मेटिक पसल दिउँसो १२ बजेदेखि ४ बजे सम्म ,  होटल र रेस्टुडेन्टबाट होम डेलिबडी गर्न मात्रै पाइने र नीजि क्षेत्रबाट संचालित अटो, मयुरी, कार, जीप र मोटरसाईकललाई जोर–विजोर प्रणाली अनुसार संचालन गर्न दिने निर्णय भएको छ ।

बैठकले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ खोपेगल्ली र हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० बर्सपार्कमा रहेको तरकारी पसललाई हाल संचालनमा नल्याउने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै पुस्तक तथा इस्टेस्नरी इलेक्ट्रोनिक, इलेक्ट्रीक,हाडैवेयर, भाँडा, कपडा,टेलर, जुत्ता पसल, सबारीसाधन वर्कसप, मोटर पार्टस दिउँस १२ बजेबाट ४ बजेसम्म , बैंक तथा वित्तिय संस्था बिहान १० देखि २ बजेसम्म तर घरदैलो गर्न नपाईने , समपूर्ण प्रकारका शैक्षिक सस्था स्कुल, टिउसन इन्सिच्युट, मन्टेस्वरी सबै बन्द रहने , सपिङ मल, फिल्म हल, फुटसल, जिमहाउस, समुहमा खेलिने खेलकुद, स्ट्रिड फुड हाउस,चिडियाखाना, शैलुन, स्पा, ब्युटि पार्लर, पार्टी प्यालेस, फिल्म हल, डानस बार, सबै प्रकारका सभा गोष्टि बन्द रहने  जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

थाहा पाउनुहोस अब मकवानपुरमा कुन -कुन समयमा के खुल्छ  ?

जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्णय हेर्न यहाँ click गर्नुहोस ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*