हेटौंडा । पेट्रोलको मूल्य बुधबार रातिबाट लागू हुनेगरी नेपाल आयल निगमले पुनः बढाएको छ । बुधबारबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो । निगमले यस अघि जेठ २२ गते मात्रै पेट्रोल र डिजेलको मूल्य बढाएको थियो ।
अब पेट्रोल प्रतिलिटर १२७, डिजेल र मट्टीतेल ११० र आन्तरिक तर्फको हवाई इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छ ।
सेयर गर्नुहोस्




















