हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ९ खरङगामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चितवन तर्फबाट हेटौंडा तर्फ आउदै गरेको लु १५ प ३७४३ नम्बरको मोटरसाइकल मनहरी ९ खरङगामा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरीको मनहरा गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३०/ ३५ बर्षीय अंशु कुमार सिंहको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका सिंहको उपचारको क्रममा हेटौंडा ११ मा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ।
सेयर गर्नुहोस्