मंगलबार सुनको मुल्य २ सय रुपैंयाले बढ्यो

टुडे संवादाता
२०७८ असार २९, मंगलवार ११:४१ गते

काठमाडौं/ मंगलबार सुनको मुल्य तोलामा २ सय रुपैंयाले बढेको छ ।

हिजो सोमबार प्रतितोला ९२ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा २ सय रुपैंयाले बढेर प्रतितोला ९२ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज ९१ हजार ९०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा १० रुपैंयाले बढेर प्रतितोला १ हजार ३२० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार ३१० रुपैंया रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*